जेठ २०,काठ्माण्डौ-
सरकारले आव २०७६७७ को बजेटमा प्रति १० ग्राम ८ सय ५० रुपैयाँले सुनमा भन्सार वृद्धि गरे पछी नेपाली बजारमा सुनको भाउ एक्कासी आक्कासिएको छ । जसको प्रत्यक्ष असर नेपाली सुन बजारमा परेको छ ।
बुधबार सरकारले बजेट वक्तव्य जारी गर्दा सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसको भोलिपल्टसम्म सुनको भाउ स्थिर रहेपनि बजारमा काँचो सुनको भने अभाव रह्यो । शुक्रबारबाट सुनको भाउ एकैपटक १५ सय रुपैयाँले बढेर ६१ हजार पुगेको थियो ।
यस्तै, सुनको मुल्य थप ५ सयले बढेर यस वर्षकै उच्च मुल्य कायम गर्दै आईतबार प्रतितोला ६१ हजार ५ सयमा कारोबार भयो । सोमबार भने सुनको भाउ स्थिर रहँदै ६१ हजार ५ सयमै कारोबार भइरहेको छ ।










