चिनको सीमानजिकैबाट भारतीय वायुसेनाकाे विमान बेपत्ता ,खोजी कार्य तिब्र



काठ्माण्डौ, एजेन्सि-

भारतीय वायुसेनाको एउटा एएन-३२ विमान सोमवार आसामको जोरहाट एयरबेस बाट उडान  भरे पछी बेपत्ता भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । उडे पछी उक्त सैनिक बिमान अरुणाचल प्रदेशको मेचुका एयर फील्ड आसपासबाट बेपत्ता भएको बताइएको छ । यो क्षेत्र चीनको सीमाना नजिकै रहेको छ ।

सोमबार  दिउँसोको १२:२५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनकाे सीमानामा हराएकाे आश‌ंका गरिएकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नको लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानको बारेमा केही पनि जानकारी आउन सकेको छैन ।

एएन ३२ विमान तीन वर्ष पहिले पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए ।

हराएको बिमानको खोजिका लागि भारतीय वायुसेनाले हराएको बिमानको खोजिका लागी अन्य सैकिक बिमानहरु परिचालन गरी रहेको समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्-

भारतिय युद्धपोतमा आगलागी : नौसेनाका सैनिक अधिकारिको मृत्यु

अत्याधुनिक अमेरिकि लडाकु हेलिकप्टर भित्र्याउदै भारत

भारतले परिक्षण गर्‍यो आन्तरिक्ष सम्म मार हान्ने क्षेप्यास्त्र : प्रधानमन्त्री मोदिमाथी चुनाब प्रभाबित पार्न खोजेको आरोप

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ११ : ४५ बजे