नेकपामा पूर्व एमाले र पूर्व माओबादी पक्ष आ-आफ्नै बैचारिक अडानमा,बिबाद बढेपछी सर्यो सचिवालय बैठक



काठमाडौ —

सत्तारुढ नेकपाको मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । पार्टिको बिचार पाठशाला मानिने स्कूल विभागको नेतृत्वको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई दिने भन्ने भन्नेबारे विवाद बढ्दै गएपछी नेकपाको केन्द्रीय सचिवालय बैठक पर धकेलिएको हो ।

सोमबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपनी स्कुल विभागमा सहमति जुट्न नसकेको नेकपा श्रोतले बताएको छ ।

पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएको स्कूल विभागको नेतृत्वका लागि पूर्व एमाले र माओवादीको आआफ्नै दाबी कायमै रहेपछि बैठक नै स्थगित गर्नु पर्ने अवस्था आएको हो ।

यो विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको दाबी परेसँगै नेकपामा आन्तरिक बिबाद बढी रहेको छ ।स्कुल विभागको नेतृत्व छिनोफानो गर्न सक्नुले नेकपामा अझै पनि वैचारिक विषयमा स्पष्ट मतभेद रहेको देखाउँछ।

पोखरेल र श्रेष्ठबीचको झगडाले पूर्व एमाले र माओवादी पार्टीलाई नै खल्बलाउने स्थिति देखा परेको नेकपा श्रोतले दाबी गरेको छ।

पूर्व माओबादी पक्ष जनताको जनवादलाई टेकेर पार्टी अघि बढ्नु पर्ने भन्ने अडानमा छन भने पूर्व एमाले पक्षधर भने  नेता मदन भण्डारीको   सिद्धान्त ‘जनता को बहुदलीय जनवाद’का पक्षमा उभिएका छन्।यही बिषय टुङ्गो लगाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले करिव तीन घण्टा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेपछि साउन ९ गते सम्मका लागी सचिबालय बैठक सारिएको बताइएको छ ।

 

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ६ : ४२ बजे