संसद बैठक लगातार अबरुद्द, कहिले खुल्छ सभामुखको होस ?



काठमाडौं–

नेपाली कांग्रेस र राजपा नेपालले बुधबार पनि नाराबाजि सहित अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुखले जबर्जस्ती बैठक अघी बढाउन खोजे पछी कांग्रेस र राजपाका सांसदहरुले लगातार ५४ मिनेटसम्म अवरोध जारी राखेका थिए । अघिल्ला बैठकहरु पनि कांग्रेस र राजपाका सांसदहरुको बिरोध र नाराबाजिका कारण अबरुद्द भएका थिय ।

नेपाली कांग्रेस र राजपा नेपालले संसदीय सर्वोच्चता कामय गर्न, कुमार पौडेल प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न, निर्मला पन्तका अपराधी पत्ता लगाउन माग गर्दै असार २४ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन्।

सदनमा प्रतिपक्षी पार्टीहरुले कुनै मुद्दा उठाए पछी त्यसको राजनितिक समाधान खोज्ने,सरकारी पक्षसग बार्ता गर्ने र सदन चलाउने मान्यता बिपरित सभामुख कृष्ण बहादुर महराले बिगत देखी नै जबर्जस्ती सदन चलाउने कोशीष गरिरहेका छन ।

प्रतिपक्षी पार्टी र सरकारका बिचमा मध्यस्थता गरेर सदनको अबरोध खुलाउन प्रयास गर्दै तठस्थ भूमिकामा देखिनु पर्ने सभामुख सिधै सरकारको आदेश पालनकर्ताको रुपमा देखिनु  संसदीय पद्दतिकै बिडम्बना भएको प्रतिपक्षी नेताहरुले समय समयमा आरोप लागाइ रहेका छन ।सभामुख महराले सरकारलाई अनुकुल हुने गरी सदन चलाउने अभ्यास गरेपछी प्रतिपक्षीहरुले लगातार संसद बैठक अबरुद्द गर्नु परेको बताउदै आएका छन ।

सभामुख महराले सरकारको अनुकुलतामा मात्रै काम नगरेर प्रतिपक्षी र सरकारको बिचमा समान्वय गर्दै तठस्थ भूमिकामा रहनु पर्ने आवाश्यकता स्वतन्त्र राजनितिक बिश्लेशकहरुले समेत औल्याउदै आएका छन ।

सभामुख महरा तठस्थ भूमिकामा रहेर देश भित्रका सबै जनताको आवाज मुखरित हुने संसदको अबरोध छिटै अन्त्य गर्दै बैठक सुचारु गर्नुपर्ने सबैको मत देखिन्छ ।

 

 

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  १२ : १२ बजे