सोलुखुम्बु-
सोलुखुम्बुमा नेपाली कांग्रेसले दोश्रो चरणको जनजागरण अभियान शुरु गरेको छ ।
जिल्लाको नेचा सल्यान गाउ पालिकाबाट बृक्षारोपण सहित शुरु भएको अभियानमा पार्टिका केन्द्रिय सदस्य बलबहादुर केसि, नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की, जनजागरण अभियानका लागी केन्द्रिय प्रतीनिधी मोहन बराल्, लगायत महासमिती सदस्य, महाधिबेशन प्रतीनिधि,र ठुलो शङ्ख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले सोलुखुम्बुमा स्थानिय तहमा भइरहेको भ्रष्टाचार नरोकिए अब कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । भ्रष्टाचारका बिरुद्द नेपाली काङ्रेसले निरन्तर आवाज उठाइरहेको र आगामी दिनमा थप अभियान चलाईने केन्द्रिय सदस्य केसिले बताए ।
नेता केसिले नेकपाले जितेका सबै ठाँउहरुमा ठुलो मात्रामा भ्रष्टाचार भईरहेको आरोप लगाए ।उनले सरकार आफैले भ्रष्टाचार र दण्डहिनतालाई प्रसय दिइरहेकोमा आपत्ती प्रकट गर्दै सरकार प्रती जनताको बिष्वास गुमी सकेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले दोश्रो चरणको जनजागरण अभियानले नेपाली कांग्रेस सोलुखुम्बुलाई थप गतिशिल र जागरुक बनाउने बिश्वाश ब्यक्त गरे ।
नेता कार्किले अहिले कम्युनिष्टहरुले देश चलाएको हेर्दा नेपाली कांग्रेसको आवाश्यकता झनै बढेर गएको भन्दै पुर्ण आशाबादी भएर काम गर्न पार्टिका सबैलाई आग्रह गरे ।
। कार्किले अहिले स्थानिय देखी केन्द्रिय स्तरसम्म सत्ताको दुरुपयोग बढ्दै गएको र देशको राजनिती समेत अस्थिरता तर्फ उन्मुख रहेकोले सबै अफ्ठेरा परिस्थितिहरुको सामाना गर्न नेपाली कांग्रेस सक्षम हुनुपर्नेमा जोड दिदै नेपाली कांग्रेस सक्षम बन्न पार्टी भित्र मेल्मिलाप र एकताको खाचो रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अभियानका केन्द्रिय प्रतीनिधी मोहन बरालले जनजागरण अभियान मार्फत सरकारले गरेका गलत कृयाकलाप हरुको देशैभर भण्डाफोर गरिने बताए । उनले बर्तमान सरकारले जनताको पक्षमा काम गर्ने भन्दा पनि आफ्नै पार्टिका नेता कार्यकर्ताको पालन पोषण गर्न थालेको आरोप लगाए ।
कार्यक्रम जिल्लाको एक नम्बर प्रदेश क्षेत्रका छेत्रीय शभापती धन्जन राइको शभापतित्वमा भएको थियो ।
कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष लाल प्रसाद बास्तोला, कांग्रेस नेचा सल्यान गाउपालिका संयोजक निरकुमार शर्मा कटेल, कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समिती सदस्य डुका देबी शर्मा,लायन्स क्लब अफ काठ्माण्डौ भ्याली क्यापिटल अध्यक्ष एबम समाजसेवी मन्दिरा बस्नेत कार्की, नेपाल महिला संघ पूर्व केन्द्रिय सदस्य रीना उप्रेती केसि,नेता लोचन कुमार शर्मा,त्यसै गरी नेचा सल्यान गाउपालिका वडा नंबर १ का अध्यक्ष रमेश राइ, र वडा नंबर २ का अध्यक्ष भेष राज बास्तोला लगायत पार्टिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
तेस्तै जिल्लाको माप्य दुधकोशी गाउपालिकाको वाकुमा पनि एक कार्यक्रम गरी जागरण अभियानको शुरुवात गरिएको छ ।उक्त कार्यक्रममा कांग्रेस सोलुखुम्बुका शभापती बिनोद बस्नेत केन्द्रिय प्रतीनिधी दिनेश राइ लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
दुइ प्रदेश शभा निर्बाचन क्षेत्र रहेको सोलुखुम्बु जिल्लाका दुबै क्षेत्रहरुमा एकै दिन दुइ स्थानमा कार्यक्रम गरी अभियानको शुरुवात गरिएको हो ।










