साउदीका तेल भण्डारमा ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो : विश्वव्यापी असर पर्ने



काठ्माण्डौ, एजेन्सि-

पेट्रोलियम पदार्थको मूल्य चार महिना एताकै उच्च भएको छ।

सोमबार कारोबारको सुरुवातमै कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेर प्रति ब्यारल ७१.९५ डलर मुल्य कायम भएको छ ।

साउदी अरबका दुइवटा ठुला तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य उच्च भएको हो । आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले घटेको छ।साउदी अरबका दुइवटा ठुला तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि कटौती गरेको  तेल उत्पादन पुन शुरु गर्न गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्ने बिबिसिले समाचारमा जनाएको छ ।

साउदी सरकारको स्वामित्वमा रहेका दुई ठुला तेल प्रशोधन केन्द्रहरुमा ड्रोन आक्रमण पछी साउदी सरकारले अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द गर्ने निर्णय गरेको थियो । साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले ड्रोन आक्रमणाबाट विशाल तेल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको बताएका छन ।

साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो। उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्ने गरेको छ।

थप समाचारका लागि-

तेल प्रशोधन केन्द्रहरुमा ड्रोन आक्रमण पछी साउदी अरेबियाले तेल उत्पादन घटायो

साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी

प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार  ६ : ३५ बजे