जेरुसेलम , रोयटर्स-
इजरायलमा संसदका लागि मङ्गलबार भएको निर्बाचनमा हाल सम्म सार्बजनिक भएको आधाभन्दा बढी मतगणना परिणाम अनुसार त्यहाका कुनै पनि दललाई बहुमत हासिल नहुने अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
सार्बजनिक भएको आधाभन्दा बढी मतगणना निर्बाचन परिणाम अनुसार इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीलाई उनको प्रमुख प्रतिपक्षी दलले बराबरीमा रोक्न सफल भएको छ ।प्रमुख प्रतिस्पर्धी दुबै दलहरुले ३२-३२ सीट प्राप्त गरेका छन ।निर्बाचन आयोगले निर्बाचनको पुरै परिणाम घोषणा गर्न निकै समय लाग्न सक्ने तर प्राप्त भएका परिणामको आधारमा भाबी इजरायली राजनितिको प्रष्ट अनुमान लगाउन सकिने इजरायलबाट प्रकाशित हुने टाइम्स ऑफ इजरायल पत्रीकाले समाचारमा उल्लेख गरेको छ । इजरायलमा १२० सदस्यीय संसद सिटका लागी मंगलवार निर्बाचन भएको थियो ।
यस अघी निर्बाचबको पूर्व सन्ध्यामा प्रधानमन्त्री नेतान्याहुले आफ्नो पार्टिलाई बहुमत आउने दाबी गरेका थिए ।
पूर्व सेना प्रमुख तथा नेतान्याहुको बिपक्षी ब्लू एंड व्हाइट पार्टीका नेता बेनी गेंट्जले प्राप्त निर्बाचन परिणाम पछी प्रतिक्रीया दिदै नेतन्याहू पराजित भएको बताएका छन भने बहुमत प्राप्त नभए पनि आगामी सरकारको प्रधानमन्त्री बन्ने आफ्नो आशा अझै जिबितै रहेको नेतान्याहुले प्रतिक्रीया दिएका छन ।पार्टी मुख्यालयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नेतान्याहुले मजबूत यहूदी सरकार बनाउन आफुले कसरत थाली सकेको बताएका छन ।
नेतन्याहूले हाल भ्रष्टाचारका आरोपहरुको सामना गरिरहेका छन । यसपटकको चुनावले उनको राजनीतिक भविष्य निर्धारण गर्ने ठानिएको थियो ।उनले आफ्नै नेतृत्वमा आगामी बनाउन नसकेमा भ्रष्टाचार सम्बन्धिका कानुनी झमेलाहरुको सामना गर्नुपर्ने समाचारहरुमा जनाइएको छ ।
दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना सकिए पछी साना दलहरुसँगको सहकार्यमा गठबन्धन सरकार बनाउने प्रयत्न थालीसकेको बताइएको छ ।
थप समाचारका लागि-
इजरायलमा संसदका लागि मतदान जारी : प्रधानमन्त्री नेतन्याहूको के होला भबिष्य ?










