काठ्माण्डौ, एजेन्सि-
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको डाक्टरहरुलाई उधृत गर्दै अन्तर्आष्ट्रीय सञ्च्जारमाध्यमहरुले समाचारमा जनाएका छन ।
पूर्व प्रधानमन्त्री शरीफका लागी आगामी ३६ घण्टा महत्वपूर्ण रहेको डाक्टरहरुले बताएका हुन ।
शरिफलाई डिस्चार्ज गर्नु जोखिम पुर्ण भन्दै उनको उपचारमा सम्लग्न डाक्टरहरुले थप उपचारका लागी बिदेश लान पनि रोक लगाएका छन ।
शरीफका निजी फिजिशियन डा . अदनान खानका अनुसार नवाज शरीफको अवस्था ‘क्रिटिकल’ छ।
शरीफको अवस्था क्रिटिकल रहेको र उनले मृत्युसँग संघर्ष गरिरहेको डा . अदनान खानले ट्विटर मार्फत सार्बजनिक गरेका छन ।
शरीफलाई हृदयघात भएको र मृगौलाले पनि राम्रोसँग काम गर्न छोडेको उपचारमा सम्लग्न प्रमुख डा. महमूद अयाजले जारी गरेको सारीफको पछिल्लो स्वास्थ्य अवस्थाको रेपोर्टमा उल्लेख गरिएको छ ।










