न्यू सञ्चार,सोलुखुम्बु-
नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बुको नेचा सल्यान गाउपालिकास्थित बिपी संस्कृत माबिलाई ल्याप्टप हस्तान्तरण गरेका
छन ।
नेचा सल्यान गाउपालिकाको बिपी संस्कृत माबिमै पुगेर बिधालयका प्राचार्य गुणराज निरौला ,शिक्षक एबम बिधार्थी तथा स्थानिय बुद्दिजिबीहरुको उपस्थितिमा नेता कार्किले बिधालयलाई ल्याटप हस्तान्तरण गरेका हुन ।

उक्त अबसरमा बोल्दै नेता कार्किले सरकारी बिधालयहरुलाई समयानुकुल प्रबिधीमैत्री बनाए मात्रै सबै बिधार्थीहरु गुणस्तरिय शिक्षाको मुलधारमा आउने बताए ।कार्किले अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा शिक्षालाई गुणस्तरिय बनाउन नसकिए त्यसले समाजलाईनै पछी पार्ने धारणा राखे ।
नेता कार्किले सोलुखुम्बु जिल्लाका सामुदायिक बिधालयहरुको अवस्था सुधार गर्न आफुले सक्दो निरन्तर सहयोग गर्ने समेत प्रतिबद्दता ब्यक्त गरे ।
राजनितीसगै सामाजिक काममा सक्रीय कार्किले यस अघी पनि जिल्लाका बिभिन्न बिधालयहरुलाई ल्याप्टप , बिधुतको पहुच भन्दा बाहिरका बिधार्थीहरुलाई सोलारको उज्यालो बत्ती बितरण गरेर जिल्लाका सरकारी सामुदायिक बिधालय र बिधार्थिहरुलाई सहयोग पुर्याउदै आएका छन ।
नेता एबम समाजसेवी कार्किले जिल्लाका बिभिन्न बिधालयका बिपन्न बिधार्थिहरुलाई आफ्नो निजी प्रयत्नमा छात्रबृत्ती समेत दिदै आएका छन ।
जिल्लामा सडक यातायातको पहुच भन्दा बाहिरका बिभिन्न गाउका बासिन्दाहरुको सहजतालाई ख्याल गर्दै कार्किले बिरामी बोक्ने स्टेचार समेत गाउ गाउ सम्म पुर्याएका छन । जनताको सेवा र सामाजिक काममा आफु निरन्तर लागिरहने कार्किले बताउने गरेका छन ।
नेपाली कांग्रेसको राजनीसगै नेता कार्किले शुरु गरेको समाजिक अभियानलाई सोलुखुम्बु जिल्लाबासिहरुले सकारात्मक रुपमा लिन थालेका छन ।










