श्रीलंकामा राष्ट्रपति चुनाव : हिंसाका बीच मतदान जारि,मतदाता चढेको गाडीमानै गोलीबारी



कोलम्बो-

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका शनिवार (आज) भइ रहेको निर्वाचनका क्रममा मतादाताहरु सवार गाडीहरुमा गोलाबारी गरिएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

गोलीबारीबाट अभएको मानबिय हताहातीको सामाचार प्राप्त हुन बाकी रहे पनि कयैन घाइते भएका र मानबिय हताहाती समेत भएको हुन सक्ने बताइएको छ ।निर्बाचनका लागी कडा सुरक्षा तैयारी गरिएको भए पनि मुस्लिम मतदाताहरुले भरिएका बसहरुमा गोलीबारी भएको हो ।हमलाकारीहरुले हमलाको योजना पहिले बाट नै बनाएको श्रीलङ्काको प्रहरिले दाबी गरेको छ ।

मतदान शुरु हुनु पूर्व श्रीलङ्काको पुलिस र सेनाका बीच समेत विवाद भएको समाचार छ ।

निर्वाचनमा ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।

आज भई रहेको निर्बाचनमा मतदानको लागि १ .६ करोड मतदाताको नाम दर्ता छ । उमेद्वारको कुरा गर्दा चुनावी मैदानमा अहिलेसम्मको सबैभन्दा धेरै ३५ उमेद्वार उठेका छन् ।

प्रतिस्पर्धीमध्ये पूर्व सचिव गोतबया राजपाक्षे र वर्तमान आवास मन्त्री सजित प्रेमदासा मुख्य प्रतिस्पर्धी मानिएको छ ।वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यस पटक चुनावमा नउठ्ने पहिले घोषणा गरेका थिए । उनलाई ‘श्रीलंका फ्रिडम पार्टी(एसएसएफपी)’ले समर्थन गरेको छ ।

प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी छैनन्।

इसाई धर्मको इस्टर पर्वका बेला भएका हमलापछि सिरिसेनाको तीव्र आलोचना भएको थियो जसका कारण उनले यो चुनावमा उठेनन् ।

 

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ७ : ३८ बजे