अमेरिकी गुप्तचर संस्थाले कोरोना भाइरस चिनको वुहानस्थित ल्याबबाट फैलिएको भन्ने आरोपलाई पुष्टी गर्ने प्रतिवेदन तयार पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेको अमेरिकी गुप्तचर प्रतिवेदनले दाबी गरेको अमेरिकी अख़बार वॉल स्ट्रीट जर्नलले उल्लेख गरेको छ ।
उक्त गुप्तचार रिपोर्टमा बिरामी परेका वुहान ल्याबका अनुसन्धानकर्ताको संख्या, उनिहरु बीमारी परेको समय र उनिहरु अस्पताल गएको विस्तृत जानकारि दिइएको छ ।कोरोना महामारी फैलिनु भन्दा करीब एक महीना पहिले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता बिरामी परेको र उनिहरुमा कोरोना सङ्क्रमणसगा मिल्दाजुल्दा लक्षण देखिएको पनि रिपोर्टमा दाबी गरिएको छ ।
लगभग कोरोना भाइरसको महामारी सुरु भएकै समयमा वुहान ल्याबका अनुसन्धानकर्ता कोरोना सङ्क्रमणा सग मिल्दाजुल्दा लक्षणसहित बिरामी परेको खुलासाले कोरोना भाइरस चिनको ल्याबबाट फैलिएको वा नफैलिएको बारेमा अनुसन्धान गर्नुपर्ने मागलाई बल पुर्याएको पनि मिडिया रिपोर्टहरुमा जनाइएको छ ।
कोरोना भाइरसको उत्पतिको बारेमा छलफल गर्न डब्लुएचओको बैठक बस्नै लागेको बेला उक्त रिपोर्ट सार्बजनिक भएको छ ।अमेरिकी सरकारको सुरक्षा काउन्सिलका प्रवक्ताले सञ्चारमाध्यममा आएका समाचारप्रती कुनै टिप्पणी गरेनन तर उनले राष्ट्रपती बाइडन प्रशासन कोरोना भाइरस उत्पतिको जाचलाई लिएर गम्भिर रहेको बताएका छन ।
विश्व स्वास्थ्य संगठनको एक टीम कोरोनासग जोडिएका तथ्य पत्ता लगाउन यस अघिनै वुहान पुगेको थियो ।विश्व स्वास्थ्य संगठनले बुहान ल्याबाबाटा भाइरस फैलिएको पुष्टी गर्ने कुनै प्रमाण नभएको बताएको थियो ।कोरोनाको उत्पतिबारे थप स्पष्ट हुनका लागि अझै बिस्तारित अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर अझै पनि कयौ संस्था तथा थुप्रै देशहरुले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने आशंका गर्दै आएका छन्।










