आज बजारमा सुनको भाउ अहिलेसम्मकै बढी : भाउ अझै बढ्न सक्ने



काठ्माण्डौ-

सरकारले आव २०७६७७ को बजेटमा प्रति १० ग्राम ८ सय ५० रुपैयाँले सुनमा भन्सार वृद्धि गरे पछी नेपाली बजारमा सुनको भाउ एक्कासी आक्कासिने क्रम बढीरहेको छ । जसको प्रत्यक्ष असर नेपाली सुन बजारमा परेको छ ।

सरकारले बजेट वक्तव्य जारी गर्दा सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस पछी क्रमसा बढ्दै आज सुन अहिलेसम्मकै सर्वाधिक महंगो प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।

छापावाल सुन आज १ हजारले बढेर ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी संघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो ।

आज कायम भएको सुनको भाउ अहिलेसम्मकै बढी भएको बताइएको छ । सुनको भाउ अझै बढ्न सक्ने समेत बताइएको छ ।

सम्बन्धित समाचार-

भन्सार वृद्धि पछी बजारमा सुनको भाउ आक्कासिदै

 

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  १ : १७ बजे