इस्लामाबाद, कात्तिक २४-
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सारीफ थप उपचारका लागि सोमबार लण्डन जाने भएका छन ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका कारण पूर्व प्रधानमन्त्री सारीफलाई पाकिस्तान छोड्नको लागी त्याहाको सरकार र अदालतको अनुमती चाहिने हुनाले उनलाई यस अघी नै उपचारका लागी बिदेश लानुपर्ने अवस्था भए पनि कानुनी अड्चनका कारण रोकिएको थियो ।
केही समयदेखि सख्त बिरामी भएका पूर्व प्रधानमन्त्री सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।
नवाज सारीफको स्वास्थ्य अवस्था बारे बुझ्न पाकिस्तान सरकारको तर्फबाट मेडिकल बोर्ड समेत गठन गरिएको थियो ।उक्त सरकारी बोर्डले पनि पूर्व प्रधानमंत्री शरीफको उपचार बिदेशमा गर्नुपर्ने सुझाब दिएको थियो ।
प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए । उनले भने , “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।”
सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्ने र यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । सारीफका भाइ र पाकिस्तान मुस्लिम लीगका अध्यक्ष शाहबाज शरीफ पनि उनि सगै लण्डन जाने बताइएको छ ।
सम्बन्धित समाचार-
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वास्थ्य अवस्था थप गम्भीर










